Ekagaj Logo
२२ कात्तिक २०८१, बिहीबार
(Thursday, 07 November, 2024)

क्रिकेट

महिला टी–२० सिरिज : जापानमाथि नेपालको शानदार जित

इकागज |
मंसिर २, २०८० शनिबार १०:१५ बजे

काठमाडौँ- चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा जापान अन्तिम बलमा अलआउट हुँदा नेपाल ६७ रनले विजयी भएको छ ।  शनिबार बिहान हङकङ क्रिकेट क्लबको मैदानमा  भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११४ रनको लक्ष्य दिएको थियो ।  जापान २० ओभरमा जम्मा ४६ रन बनाउँदै अलआउट भएको हो ।

नेपालकी अस्मिना कर्मचार्यले ४ विकेट लिइन् । त्यस्तै संगीता राईले ३ विकेट लिएकी छन् । पूजा महत्तो २ विकेट लिइन् । 


नेपालले पूरा ओभर खेलेर ४ विकेटको क्षतिमा ११३ रन बनाएको हो । नेपालका लागि रूबिना क्षेत्रीले ३२ बलमा ५ चौकासहित ३८ रन, कप्तान इन्दु बर्माले ३१ बलमा २ चौका हान्दै २७ रन, काजल श्रेष्ठले १५ रन, पुजा महतोले १३ रन र सीता रानामगरले ९ रन बनाएकी थिइन् ।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासँग २७ रनले पराजित भएको थियो । तान्जानियाले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । नेपालले सवै विकेट गुमाउँदै मात्र ८८ रन बनाउन सक्यो ।

यस्तै बिहीबार भएको दोस्रो खेलमा नेपाल हङकङसित नौ विकेटले पराजित भएको थियो । नेपालले निर्धारित २० ओभरको खेलमा १८ ओभरमा सबै विकेट गुमाएर मात्र ५६ रन बनाएको थियो । हङकङले ५७ रनको विजयी लक्ष्य नौ ओभरमा एक विकेट गुमाएर पूरा गरेको थियो ।  

महिला टि–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् । आइसिसी बरियतामा तान्जानिया १९औँ, नेपाल २१औँ, हङ्कङ २२औँ तथा जापान ५१औँ स्थानमा छन् । तान्जानिया र हङकङले उपाधि जित्नका लागि खेल्ने छन् । 


Author

थप समाचार
x