क्रिकेट

आयरल्याण्डमाथि नेदरल्याण्ड्सको १ रनको रोमाञ्चक जित

इकागज |
जेठ २०, २०७८ बिहिवार ८:५४ बजे

काठमाडौँ : पहिलो एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्सले आयरल्याण्डलाई हराएको छ । बुधबार भएको खेलमा नेदरल्याण्डसले आयरल्याण्डमाथि १ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको आयरल्याण्ड्सले भने निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १९४ रन मात्रै बनाउन सक्यो । एक रन बनाउन नसक्दा आयरल्याण्ड स्तब्ध बन्यो । 



Author

थप समाचार
x