क्रिकेट

ईङल्याण्डद्वारा वेस्टइन्डिज ६ विकेटले पराजित

इकागज |
मंसिर २१, २०८० बिहीबार ८:४ बजे

काठमाडौँ- जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई पराजित गरको छ ।

गएराति सम्पन्न खेलमा ईङल्याण्डले वेस्टइन्डिजलाई ६ विकेटले पराजित गरको हो ।


वेस्टइन्डिजले दिएको २०३ रनको लक्ष्य पछाएको ईङल्याण्डले ३२.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि वेस्टइन्डिजले पहिला ब्याटिङ गर्दै ३९.४ ओभरमा अल आउट हुँदै २०२ रन बनाएको थियो ।

योसँगै ३ खेलको सिरिज १-१ को बराबरी भएको छ । यस अघि सम्पन्न पहिलो खेल वेस्टइण्डिजले जितेको थियो ।

अब सिरिजको अन्तिम खेल शनिबार हुने छ ।


Author

थप समाचार
x