भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो
तस्बिरः क्यान
भारतसँग १० विकेटले पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो
काठमाडौँ- समूह चरणको तीनवटै खेलमा पराजित हुँदै युनाइटेड अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
समूह 'ए' अन्तर्गत मंगलबार दुबईमा भएको खेलमा भारतसँग १० विकेटको पराजय भोगेसँगै नेपालले समूह चरणका तीनवटै खेलमा पराजित हुन पुगेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको नेपालले दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको पराजय भोगेको थियो ।
मंगलबार नेपालले दिएको ५३ रनको सामान्य लक्ष्य भारतले ७ ओभर १ बलमा पूरा गर्यो । भारतको जितमा आर्शिन कुलकर्नीले अविजित ४३ रन तथा आदर्श सिंहले अविजित १३ रन जोडे ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २२ ओभर १ बलमै सबै विकेट गुमाएर ५२ रन मात्र जोड्न सक्यो ।
नेपालका लागि हेमन्त धामीले ८ रन तथा दीपक बोहरा र अर्जुन कुमालले समान ७-७ रन बनाए । कप्तान देव खनाल भने २ रन तथा गुल्सन झा ४ रनमा आउट हुँदा अर्का दीपक बोहरा १ तथा दीपक प्रसाद डुम्रे र उत्तम थापामगर शून्य रनमै पभेलियन फर्किए ।
दिपेश कँडेलले ४ रन, सुवाश भण्डारीले २ रन र आकाश चन्दले ४ रन जोडे ।
भारतका राज लुम्बानीले ७ तथा आराध्या शुक्लाले २ विकेट लिए । आर्शिन कुलकर्नीले १ विकेट हात पारे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया