क्रिकेट

कसैले धोनीको जर्सी नम्बर प्रयोग गर्न नपाउने, यस्तो छ अच्चमको कारण

इकागज |
मंसिर २९, २०८० शुक्रबार १३:११ बजे

काठमाडौँ- भारतीय पुरुष क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले प्रयोग गर्ने गरेको जर्सी नम्बर अन्य कुनै पनि भारतीय खेलाडीले लगाउन नपाउने भएका छन् ।

द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) ले धोनीले अन्तर्राष्ट्रिय खेल तथा इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगाएको जर्सी नम्बर ७ 'रिटायर' गर्ने अर्थात अन्य कुनै पनि खेलाडीलाई प्रयोग गर्न नदिने निर्णय गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।


धोनीले भारतका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१९ को एकदिवसीय विश्वकपमा खेलेका थिए र त्यसपछि उनले सन् २०२० मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।

त्यसयता कुनै पनि भारतीय क्रिकेट खेलाडीले ७ नम्बरको जर्सी प्रयोग गरेका छैनन् ।

बीसीसीआईले यसअघि पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जर्सी नम्बर १० लाई पनि रिटायर घोषणा गरेको थियो ।


Author

थप समाचार
x