क्रिकेट

वार्नरको बिदाइ टेस्टका लागि अस्ट्रेलियाको प्लेइङ-११ सार्वजनिक

इकागज |
पुस १७, २०८० मंगलबार ११:३ बजे

काठमाडौँ- अस्ट्रेलियाले पाहुना टोली पाकिस्तानविरूद्धको तीन खेलको टेस्ट सिरिजको अन्तिम खेलका लागि प्लेइङ-११ सार्वजनिक गरेको छ ।

अस्ट्रेलिया र पाकिस्तानबीचको अन्तिम खेल सिड्नीमा बुधबारबाट सुरु हुँदैछ । उक्त खेल अस्ट्रेलियाका ओपनर ब्याट्सम्यान डेभिड वार्नरको बिदाइको रुपमा समेत रहेको छ ।


सिरिज २-० ले आफ्नो पक्षमा पारिसकेको अस्ट्रेलियाले अन्तिम खेलका लागि टिममा कुनै परिवर्तन भने गरेको छैन । यसअघि पर्थ र मेलबर्नमा भएको दुवै टेस्ट अस्ट्रेलियाले जितेको थियो ।

तर सिड्नीमा हुने खेलबाट वार्नरको अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटको यात्रामा पूर्णविराम लाग्नेछ ।

१ सय ११ टेस्ट खेलेका ३७ वर्षीय वार्नरले २६ शतकको मदतमा ८ हजार ६ सय ९५ रन बनाएका छन् । उनी टेस्ट क्रिकेटमा अस्ट्रेलियाका लागि सर्वाधिक रन बनाउने खेलाडीमध्ये पाँचौँ स्थानमा छन् ।

अस्ट्रेलियाको प्लेइङ-११:

कप्तान प्याट कमिन्स, डेभिड वार्नर, उस्मान खवाजा, मार्नस लाबुसेन, स्टिभ स्मिथ, ट्राभिस हेड, मिचेल मार्स, अलेक्स क्यारी, मिचेल स्टार्क, नाथन लायन र जोश ह्याजलउड ।


Author

थप समाचार
x