क्रिकेट

नेपाल क्रिकेट संघ क्यानको वार्षिक क्यालेण्डर सार्वजनिक

इकागज |
पुस १९, २०८० बिहीबार १६:२० बजे

फाइल फोटो

काठमाडौँ - नेपाल क्रिकेट संघ क्यानले सन २०२४ का लागि आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।

क्यानले बिहीबार किर्तिपुरस्थित टियु मैदान परिसरमा पत्रकार सम्मेलन गर्दै सन २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । वार्षिक क्यालेन्डर अन्तर्गत उमेर समूह, सिनियर महिला तथा पुरुषको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको मितिसहितको खेल उल्लेख गरिएको छ ।


क्यानका अनुसार घरेलु मैदानमा क्यानडासँगको खेल, नामिबिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय टी–२० शृंखला हुनेछ भने नेपाल प्रिमियर लिग मंसिरमा गर्ने गरि वार्षिक क्यालेन्डरमा समावेश गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । उनले नेपाल ए टिम बनाउन लागेको र क्यानडाले सोही टिमसंगै प्रशिक्षण गर्ने बताए । 

खड्काले हङकङमा प्रस्तावित चार देशीय खेलको प्रस्ताव आएको बताए ।  खड्काले क्यानले घरेलु प्रतियोगितालाई पनि प्राथमिकताका साथ राखिएको उल्लेख गरे । त्यस्तै उनले सन्दीप लामिछानेबारे कानुनी सल्लाहकारसंग छलफल भइरहेको भन्दै २५ पुसपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी दिए । 

उनले एशोसियटमा नंवर १ बन्ने चुनौती रहेको र यहीँ प्राथमिकताका साथ क्यान अघि बढ्ने जिकिर गरे । खड्काले यसै वर्ष नेपालमा लेभल टु कोचिङ समेत हुने बताए । 


Author

थप समाचार
x