Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

नेपालले खेल्ने यू-१९ एसिया कप डिसेम्बरमा

इकागज |
पुस २७, २०८० शुक्रबार १०:४६ बजे

काठमाडौँ- यस वर्षको एसीसी यू-१९ एसिया कप आगामी डिसेम्बर महिनामा हुने भएको छ । एसीसीले बिहीबार सार्वजनिक गरेको वार्षिक तालिका अनुसार पुरुषको यू-१९ एसिया कप डिसेम्बरमा हुने भएको हो ।

यस वर्षको यू-१९ एसिया कपमा पनि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, नेपाल, जापान र युनाइटेड अरब इमिरेट्स (यूएई) को सहभागिता रहनेछ । यू-१९ एसिया कप ५० ओभरको हुनेछ ।


यता नेपालको सिनियर टिमले खेल्ने एसीसी प्रिमियर कप भने ओमानमा हुने भएको छ । एसीसी एसिया कपको छनोटको रुपमा समेत रहेको प्रिमियर कप ओमानमा अप्रिल १० देखि २३ तारिखसम्म आयोजना हुने भएको छ ।

प्रिमियर कपमा नेपाल, यूएई,ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार तथा एसीसी च्यालेन्ज कपबाट छनोट हुने दुई टिमको सहभगिता रहने तालिका रहेको छ ।

अर्कोतर्फ नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले फेब्रुअरी १० देखि १८ तारिखसम्म मलेसियामा हुने एसीसी महिला प्रिमियर कपमा सहभागिता जनाउने भएको छ ।

महिला प्रिमियर कपमा भने नेपालसँगै थाइल्यान्ड, यूएई, इन्डोनेसिया, हङकङ, मलेसिया, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सको सहभागिता रहनेछ ।


Author

थप समाचार
x