प्रधानमन्त्री क्रिकेट कप : बागमती र कोशी भिड्दै
काठमाडौँ- जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज एक खेल मात्र हुँदैछ ।
आज त्रिभुवन विश्वविद्यालय किर्तिपुर मैदानमा बागमती प्रदेशले कोशी प्रदेशको सामना गर्दैछ ।
प्रतियोगितामा कोशी प्रदेशले आफ्ना सबै चार खेलमा हार व्यहोरेर पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार व्यहोरेको छ ।
अहिलेसम्म पीएम कपमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिमले आफ्ना तीनै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबले आफ्ना दुवै खेल जितेर अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले आफ्ना ३–३ खेलमा २–२ खेल जितेर ४–४ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् ।
त्यस्तै बागमती प्रदेशले ४ खेलमा २ जित र २ हार व्यहोर्दै ४ अंक हासिल गरेको छ ।
त्यसैगरी कर्णाली प्रदेशले आफ्ना ३ खेलमा २ जित र एक हार व्यहोर्दै ४ अंक हासिल गरेर छैटौं स्थानमा रहेको छ भने मधेश प्रदेशले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गर्दै सातौं स्थानमा रहेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हर व्यहोरेको छ भने गण्डकी र कोशी प्रदेशले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया