क्रिकेट

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमविरूद्ध एपीएफको संघर्षपूर्ण जित

इकागज |
माघ १६, २०८० मंगलबार १२:२३ बजे

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

मंगलबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।


८८ रनको सामान्य लक्ष्य १४ ओभर १ बलमा पूरा गर्ने क्रममा एपीएफले ७ विकेट गुमाउन पुगेको थियो । एपीएफको जितमा सन्दीप जोराले अविजित १८ रन बनाए ।

सुदूरपश्चिमका लागि दिपक चन्दले ४ तथा नरेन साउदले ३ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले भने १६ ओभर २ बलमै सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३१ रन तथा खडक बोहोराले २४ रन बनाए ।

एपीएफका लागि चन्दन रामले सर्वाधिक ५ तथा भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट हात पारे ।


Author

थप समाचार
x