क्रिकेट

टेस्ट क्रिकेटमा रचिन रविन्द्रको पहिलो दोहोरो शतक

इकागज |
माघ २२, २०८० सोमबार ११:३ बजे

काठमाडौँ- न्यूजिल्यान्डका ब्याट्सम्यान रचिन रविन्द्रले टेस्ट क्रिकेटमा दोहोरो शतक हिर्काएका छन् । 

रचिनले पाहुना टोली दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेट खेलका क्रममा दोहोरो शतक हिर्काएका हुन् ।


माउन्ट माउन्गानुइस्थित वे ओभलमा जारी टेस्ट खेलमा न्यूजिल्यान्डका ब्याटर रचिनले दक्षिण अफ्रिकाविरुद्ध २ सय ४० रन बनाए । उनले ३ सय ६६ बलको सामना गर्दा २६ चौका र ३ छक्का हिर्काए ।

२४ वर्षीय रचिनले चौँथों टेस्टमै दोहोरो शतक प्रहार गरे । उनका लागि टेस्ट क्रिकेटमा पहिलो शतक पनि हो ।


Author

थप समाचार
x