क्रिकेट

वार्नर बने तीनवटै फर्म्याटमा एक सय क्रिकेट खेल खेल्ने पहिलो अस्ट्रेलियन

इकागज |
माघ २६, २०८० शुक्रबार १६:५७ बजे

काठमाडौँ- डेभिड वार्नर अस्ट्रेलियाका लागि क्रिकेटको तीनवटै फर्म्याटमा एक सय क्रिकेट खेल खेल्ने पहिलो अस्ट्रेलियन खेलाडी बनेका छन् ।

शुक्रबार वेस्ट इन्डिजविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेपछि वार्नरले तीनवटै फर्म्याटमा एक सय खेल खेल्ने कीर्तिमान कायम गरेका हुन् ।


वेस्ट इन्डिजविरुद्ध खेल वार्नरका लागि एक सयौँ खेल हो । उनले वेस्ट इन्डिजविरुद्ध ७० रन समेत बनाए ।

वार्नरले १ सय १२ टेस्ट तथा १ सय ६१ एक दिवसीय खेल खेलिसकेका छन् ।

 


Author

थप समाचार
x