नेपालले टस हारेर क्यानडाविरुद्ध फिल्डिङ गर्दै, प्लेइङ ११ मा को-को छन् ?
काठमाडौँ- एकदिवसीय सिरिजको क्यानडासँगको दोस्रो खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गर्दैछ । शनिबार बिहान क्यानडाले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।
नेपालले आजको खेलमा आकाश चन्दलाई डेब्यु गराएको छ ।
बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडि रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिश्चित गर्न चाहन्छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहन्छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात माघ २९ गते खेल्नेछ ।
सन् २०१९ मा एकदिवसीय मान्यता गुमाएको क्यानडाले २०२३ क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता पुनः प्राप्त गरेको हो । त्यस्तै क्यानडाले आईसीसी टी-२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी-२० विश्वकपमा समेत आफ्नो स्थान सुरक्षित गरेको छ ।
नेपालको प्लेइङ ११
रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, आकाश चन्द र अनिलकुमार शाह ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया