क्रिकेट

एक खेलअगावै नेपालले जित्यो क्यानाडाविरुद्धको सिरिज

इकागज |
माघ २७, २०८० शनिबार १६:२९ बजे

तस्बिरः क्यान

काठमाडौँ- नेपालले एक खेलअगावै क्यानाडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा क्यानाडालाई ४ विकेटले हराउँदै नेपालले सिरिज जितेको हो । यसअघि पहिलो खेल नेपालले ७ रनले जितेको थियो ।


शनिबारको खेलमा २ सय ८६ रनको लक्ष्य नेपालले ४५ ओभर १  बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले ८७ रन बनाए । उनले १ सय १ बल खेल्दा ८ चौका र ४ छक्का हिर्काए ।

देव खनालले ८१ बलमा ७६ रन बनाउँदा ७ चौका र २ छक्का हिर्काए । अनिल साहले १९ बलमा अर्धशतक पूरा गरे । उनले २० बल खेल्दा ७ चौका र ३ छक्का हिर्काएर ५० रन बनाए । भिम सार्कीले २३ रन बनाए ।

क्यानाडाका लागि इश्वरजोत सोही र र हर्श ठाकरले २-२ तथा साद बिन जाफर र दिलप्रित वाजवाले १-१ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो ।

क्यानाडाका लागि आरोन जोनसन ६५, नवनित धलिवाल ४६ रन, पर्गत सिंह ३८ रन र निकोलास किर्टोन २० रन बनाए आउट भए । दिलप्रित वाजवाले १९ रन जोडे । श्रेयाश मोभाले ४० रन जोडे ।

नेपालका लागि कप्तान रोहित पौडेलले २, कुशल मल्लले २ तथा सोमपाल कामी, पवन सर्राफ, सूर्य तामाङ र आकाश चन्दले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x