नेपाल र क्यानाडाबीचको अन्तिम खेल सोमबार
काठमाडौँ- नेपाल र क्यानाडाबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल सोमबार हुँदैछ ।
घरेलु टोली नेपाल र पाहुना टोली क्यानाडाबीचको खेल सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।
यसअघिका दुवै खेल जित्दै नेपालले सिरिज जितिसकेको छ । तर अन्तिम खेलमा पनि क्यानाडालाई हराउँदै नेपालले सिरिज 'क्लिन स्विप' गर्न चाहन्छ ।
अघिल्ला दुवै खेलमा पराजय भोगिसकेका कारण क्यानाडा भने अन्तिम खेल जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाउनुका साथै कम्तीमा पनि एक जित हात पार्न चाहन्छ ।
यसअघि पहिलो खेल नेपालले ७ रन तथा दोस्रो खेल ४ विकेटले जितेको थियो ।
दोस्रो खेलमा क्यानाडाविरुद्ध ८७ रन बनाएका कप्तान रोहित पौडेल नेपालका लागि एकदिवसीयमा १ हजार ५ सय रन पूरा गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार ५ सय ६९ रन बनाएका छन् । ५६ खेल खेलेका रोहितले १ शतक र ९ अर्धशतक हिर्काएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया