एसीसी प्रिमियर कप : सिताले ह्याट्रिक गर्दा कुवेत ७३ रनमा सीमित
काठमाडौँ- मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत कुवेतले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ ।
क्वार्टरफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनायो ।
कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक २९ रन जोडिन् । शान्थि बालासुब्रमनियन र खाजिदा खलिलले समान १३-१३ रनको योगदान गरे ।
नेपालका लागि सिता राना मगरले ३ विकेट तथा कविता कुँवरले र रुविना क्षेत्री २-२ विकेट हात पारे । सिताले ह्याट्रिक समेत पूरा गरेकी थिइन् । उनले १३ औँ ओभरमा ह्याट्रिक पूरा गरेकी हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया