भारतविरुद्धको तेस्रो टेस्टका लागि इंग्ल्यान्डको टिममा एक परिवर्तन
काठमाडौँ- भारतविरुद्धको तेस्रो टेस्ट क्रिकेट खेलका लागि पाहुना टोली इंग्ल्यान्डले टिममा एक परिवर्तन गरेको छ ।
बिहीबारबाट राजकोटमा सुरु हुने तेस्रो खेलका लागि इंग्ल्यान्डले प्लेइङ-११ मा फास्ट बलर मार्क उडलाई स्थान दिएको छ ।
द इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (इसीबी) ले जनाएअनुसार स्पिनर शोएब बसिरको स्थानमा उडलाई मौका दिइएको हो ।
यसैबीच, राजकोटको खेल इंग्ल्यान्डका कप्तान बेन स्टोक्सका लागि एक सयौं टेस्ट खेल हुनेछ ।
पाँच खेलको सिरिज अहिले १-१ को बराबरीको अवस्थामा रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया