क्रिकेट

आईसीसी क्रिकेट विश्वकप लिग-२ :

नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै

इकागज |
फागुन ५, २०८० शनिबार ९:१६ बजे

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्यान्ड्सविरुद्ध बलिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।

नेपालको टीममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल रहेका छन् ।


करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेखलाई बाहिर राखिएको छ ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ तथा नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।


Author

थप समाचार
x