क्रिकेट

क्रिकेट लिग-२

नेदरल्यान्ड्सलाई हराउने नेपालसँग अर्को मौका

इकागज |
फागुन १२, २०८० शनिबार १५:४ बजे

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्सको सामना गर्दैछ ।

घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भोलि बिहान ९:१५ बजेबाट सुरु हुनेछ ।


नेपाल, नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सले समान १-१ खेल मात्र जितेका छन् । नेपाल र नेदरल्यान्ड्सले भने समान २-२ खेलमा पराजय भोगेका छन् । नामिबियाले भने चारमध्ये ३ खेलमा जित हात पारेको छ ।

तर, सिरिजको अन्तिम खेलबाट नेपाललाई महत्वपूर्ण २ अंक हात पार्ने अवसर छ । साथै नेपालसँग नेदरल्यान्ड्सलाई पराजित गर्ने अर्को अवसर पनि आएको छ ।

सिरिजअन्तर्गत पहिलो भेटमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x