टी-२० सिरिज : आज नेपालले नामिबियाको सामना गर्दै, जित्नैपर्ने दबाबमा नेपाल
काठमाडौँ- जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियाको सामना गर्दैछ । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा बिहान ११:३० बजेदेखि खेल शुरु हुनेछ ।
यस सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने अवस्था रहेको छ । नेपालले लगातार दुई खेलमा हार व्यहोरेर दबाबमा आएको छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्ड्सविरुद्धको खेल २ रनले हारेको थियो ।
नेपाल क्रिकेट संघ (क्यान)ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।
नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सागर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।
आइसीसीको टी-२० वरियतामा तीन देशमध्ये नामिबिया सबैभन्दा अगाडि रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्याण्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ ।
अबका बाँकी खेलहरू
- नेपाल भर्सेज नेदरल्याण्ड्स, फागुन १९ गते शनिबार ।
- नामिबिया भर्सेज नेदरल्याण्ड्स, फागुन २० गते आइतबार ।
फाइनल, फागुन २२ गते मंगलबार ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया