क्रिकेट

नेदरल्यान्ड्सलाई नेपालले दियो १८५ रनको लक्ष्य

इकागज |
फागुन २२, २०८० मंगलबार १३:७ बजे

तस्बिरः क्यान

काठमाडौँ- त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा घरेलु टोली नेपालले नेदरल्यान्ड्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनायो ।


नेपालका लागि गुल्सन झाले ३४ रन बनाए । आशिफ शखेले ४७ रनको योगदान गरे । कप्तान रोहित पौडेलले २५ तथा कुशल भुर्तलले २० रन जोडे । कुशल मल्ल ११ बलमा ३ छक्का हिर्काउँदै २६ रनमा आउट भए ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिट, टिम भान डेर, सायब्रान्ड इन्गेलब्रेच र फ्रेड क्लासेनले २-२ विकेट हात पारे ।


Author

थप समाचार
x