विश्वकप सहभागिताका लागि नेपाली क्रिकेट टिमलाई सरकारले ५ करोड दिने
काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा यसै वर्ष आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकपमा सहभागिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमलाई नेपाल सरकारले ५ करोड दिने भएको छ ।
आगामी जुन १ देखि २९ तारिखसम्म आयोजना हुने विश्वकपका लागि सरकारले ५ करोड दिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा नेपाल सरकारले राष्ट्रिय क्रिकेट टिमलाई उक्त रकम उपलब्ध गराउने भएको क्यानले एक विज्ञप्तिमार्फत जनाएको छ ।
विश्वकपका लागि नेपाल समूह 'डी' मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स पनि रहेका छन् ।
नेपालले पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध जुन ४ मा अमेरिकामा खेल्ने तालिका रहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया