क्रिकेट

हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

इकागज |
फागुन २४, २०८० बिहीबार १९:४ बजे

काठमाडौँ- नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । बिहीबार काठमाडौँमा राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यान पदाधिकारीहरूले नेपाली टोलीको बिदाइ गरेका हुन् ।

हङकङमा नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए । उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए ।


त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरूका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।

त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ । 


Author

थप समाचार
x