क्रिकेट

दिपेन्द्रले हाने एकै ओभरमा ६ छक्का

इकागज |
बैशाख १, २०८१ शनिबार १८:४१ बजे

काठमाडौँ- दिपेन्द्र सिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध आक्रामक ब्याटिंग गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् ।


दिपेन्द्रले कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका थिए । दिपेन्द्रले यस खेलमा २१ बलमा अविजित ६४ रन बनाएका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।  

नेपालले यस खेलमा कतारलाई २११ रनको लक्ष्य दिएको छ । नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको छ ।


Author

थप समाचार
x