नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
फाइल तस्बिर
काठमाडौँ - नेपालले पाँचौं विकेट गुमाएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले दिपेन्द्र सिंह ऐरीको रुपमा पाँचौं विकेट गुमाएको हो ।
दिपेन्द्रले ८ बल खेलेर ५ रन बनाउँदै आयान खानको बलमा आउट भएका हुन् । यस अघि कुशलले ३ रन बनाउँदै बसिल हामिदको बलमा आउट भएका थिए भने कप्तान रोहित पौडेलले संघर्षपूर्ण ब्याटिङ गर्दै १८ बलमा केवल ५ रन बनाएर आउट भएका थिए । उनलाई युएईका बलर अलि नासीरले आउट गरेका थिए । यस अघि नेपालका आसिफ सेख ८ र कुशल भुर्तेल डक आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले १३.२ ओभरमा ५ विकेट गुमाउँदै ७५ रन बनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया