प्रिमियर कपमा तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने
काठमाडौँ- एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपाल र हङकङ खेल्ने भएका छन् ।
आज सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानका लागि नेपालसँग खेल्ने भएको हो ।
यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।
तेस्रो स्थानको खेल शनिबार नेपाली समयअनुसार ४:१५ बजेदेखि हुने छ ।
त्यस्तै प्रिमियर कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया