एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
काठमाडौँ- एसीसी प्रिमियर कपको फाइनलमा आयोजक ओमान र युएई खेल्ने भएका छन् । शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।
हङकङले दिएको १३१ रनको लक्ष्य पछाएको ओमानले १९.२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । यसअघि हङकङले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३० रन बनाएको थियो ।
यसअघि पहिलो सेमिफाइनलमा युएईले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।
फाइनल खेल आइतबार नेपाली समयअनुसार ४: १५ बजेदेखि शुरु हुने छ । फाइनलको विजेताले २०२५ मा हुने टी-२० एशिया कप खेल्न पाउने छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया