क्रिकेट

विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा, पहिलो खेल नेपालविरुद्ध खेल्ने

इकागज |
बैशाख ३१, २०८१ सोमबार १६:३१ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपका लागि नेदरल्यान्ड्सले टिमको घोषणा गरेको छ ।

नेदरल्यान्ड्सले विश्वकपका लागि स्कट इडवार्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।


विश्वकपका लागि नेदरल्यान्ड्स समूह 'डी' मा रहेको छ । यस समूहमा नेपाल, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका पनि रहेका छन् ।

नेदरल्यान्ड्सले पहिलो खेल नेपालविरुद्ध जुन ४ तारिखमा खेल्ने तालिका रहेको छ । नेदरल्यान्ड्सले दोस्रो खेल दक्षिण अफ्रिकाविरुद्ध जुन ८, तेस्रो खेल बंगलादेशविरुद्ध जुन १३ तथा चौथो खेल श्रीलंकाविरुद्ध जुन १६ मा खेल्ने छ ।


Author

थप समाचार
x