क्रिकेट

एपीएफ र सुदूरपश्चिमको लगातार दोस्रो जित

इकागज |
बैशाख ३१, २०८१ सोमबार १७:७ बजे

काठमाडौँ- ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हात पारेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।


जितका लागि चाहिएको ७४ रनको लक्ष्य एपीएफले ११ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफको जितमा ममता चौधरीले सर्वाधिक ३५ रनको योगदान गरिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७३ रन बनायो । बागमतीका लागि हेलिशा गुरुङले ३१ रन जोडिन् । एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ४ तथा सिता राना मगरले २ विकेट हात पारे ।

अर्को खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई १९ रनले पराजित गर्‍यो । १ सय १३ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो ।

कोशीका लागि काजल श्रेष्ठले ३३ तथा कप्तान अप्सरी बेगमले २३ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले ८ विकेटको क्षतिमा १ सय १२ रन बनायो । सुदूरपश्चिमका लागि सम्झना खड्काले ५४ रन तथा रितु कनौजियाले २३ रन बनाए ।


Author

थप समाचार
x