क्रिकेट

टी-ट्वान्टीमा दक्षिण अफ्रिकाविरुद्ध वेस्ट इन्डिजको शानदार जित

इकागज |
जेठ १४, २०८१ सोमबार ११:५ बजे

काठमाडौँ- घरेलु टोली वेस्ट इन्डिजले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ ।

आइतबार राति सम्पन्न तेस्रो खेल ८ विकेटले जित्दै वेस्ट इन्डिजले सिरिज ३-० ले क्लिन स्विप गरेको हो ।


यसअघि वेस्ट इन्डिजले पहिलो खेल २८ रन तथा दोस्रो खेल १६ रनले जितेको थियो ।

आइतबारको खेलमा वेस्ट इन्डिजले १ सय ६४ रनको लक्ष्य १३ ओभर ५ बलमा केवल २ विकेट गुमाएर पूरा गर्‍यो ।

वेस्ट इन्डिजको जितमा जोनसन चार्ल्सले ६९ रन तथा कप्तान ब्रान्डन किंगले ४४ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

दक्षिण अफ्रिकाका लागि रासी भान डेर डुसेनले सर्वाधिक ५१ रन बनाए । वेस्ट इन्डिजका ओवेड म्याककोयले ३ तथा शमर जोशेफ र गुडाकेस मोटीले २-२ विकेट हात पारे ।


Author

थप समाचार
x