क्रिकेट

विश्वकपको 'वार्मअप' खेलमा क्यानाडासँग नेपाल पराजित

इकागज |
जेठ १५, २०८१ मंगलबार ११:२१ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघिको 'वार्मअप' खेलमा क्यानडासँग नेपालले पराजय भोगेको छ ।

सोमबार राति अमेरिकामा भएको खेलमा क्यानडाले नेपाललाई ६३ रनले पराजित गरेको हो ।


१ सय ८४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय २० रनमात्र जोड्न सकेको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३७ रन तथा अनिल साहले २४ तथा आशिफ शेखले २२ रन बनाए ।

क्यानडाका लागि डिलोन हेयलिगरले सर्वाधिक ४ तथा जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोड्यो ।

क्यानडाका लागि निकोलास किर्टोनले ५२ रन, रविनदरपाल सिंहले ४१ रन तथा नभनित धलिवालले ३२ रन जोडे ।

नेपालका लागि अविनाश बोहराले २ विकेट तथा सागर ढकाल, करण केसी, सोमपाल कामी, गुल्सन झा र ललित राजवंशीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x