क्रिकेट

टी-ट्वान्टी विश्वकपको उद्घाटन खेल हुने स्टेडियम भीषण आँधीले प्रभावित

इकागज |
जेठ १६, २०८१ बुधबार १२:११ बजे

काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत उद्घाटन खेल हुने अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी स्टेडियम आँधीका कारण प्रभावित भएको छ ।

आँधीका कारण मंगलबार राति अमेरिका र बंगलादेशबीचको 'वार्मअप' खेल रद्द भएको थियो । सुविधाको अवस्थाका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको हो ।


उक्त क्षेत्रमा भारी वर्षा, बाढी र आँधीको चेतावनी दिइएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका एक प्रवक्ताका अनुसार मैदानमा फेंसिङ र केही संरचनामा सामान्य प्रभाव परेपनि विश्वकपको खेललाई असर गर्ने खालको भौतिक रूपमा असर गरेको छैन ।

अमेरिकामा पछिल्लो समय खराब मौसमका कारण कम्तिमा २३ जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए ।


Author

थप समाचार
x