क्रिकेट

'आईसीसी डट टिभी'मा टी-ट्वान्टी क्रिकेट विश्वकप निशुल्क हेर्न पाइने

इकागज |
जेठ १६, २०८१ बुधबार १७:१८ बजे

फाइल फोटो

काठमाडौँ- यही जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकप निःशुल्क हेर्न पाइने भएको छ ।

आईसीसीले बुधबार एक विज्ञप्तिमार्फत् टी-ट्वान्टी विश्वकपका खेलहरू 'आईसीसी डट टिभी'मा निःशुल्क हेर्न पाइने जनाएको हो । उक्त सेवा नेपालमा पनि उपलब्ध हुने आईसीसीले जानकारी गराएको छ ।


विश्वकपमा २० टिमको सहभागिता रहनुका साथै ५५ खेल हुने तालिका रहेको छ । ती सबै खेल आईसीसी डट टिभीमार्फत नेपालमा निःशुल्क हेर्न मिल्नेछ ।

विश्वकपका लागि अमेरिकासँगै , भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा समूह 'ए' मा परेका छन् ।

समूह 'बी' मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान रहेका छन् । न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्यूगिनी (पीएनजी) समूह 'सी' तथा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स र नेपाल समूह 'डी' मा रहेका छन् ।


Author

थप समाचार
x