क्रिकेट

सन्दीपलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलायो

इकागज |
जेठ १७, २०८१ बिहीबार १४:३९ बजे

काठमाडौँ- क्रिकेटर सन्दीप सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले अन्तर्वार्ताका लागि बोलाउने भएको छ । परराष्ट्र मन्त्रालयले दूतावासलाई नोट पठाएपछि लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाउने भएको हो ।

स्रोतका अनुसार परराष्ट्रले बुधबार दूतावासलाई नोट पठाएपछि आज अन्तर्वार्ताका लागि बोलाउने भएको हो । 


बिहीबार बिहान खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले त्रिवि मैदानमा लामिछानेसँग भेटे गरेका थिए । भेटमा उनले सरकारले यस विषयमा आवश्यक पहल गरिरहेको बताउँदै भिसा स्वीकृत हुनेमा आशा व्यक्त गरेका थिए ।


Author

थप समाचार
x