क्रिकेट

नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द, अब जुन ४ मा विश्वकप खेल्ने

इकागज |
जेठ १८, २०८१ शुक्रबार ७:९ बजे

काठमाडौँ- आइसिसी टि-२० विश्वकप अन्तर्गत नेपाल र अमेरिकाबीचको वार्मअप खेल वर्षाले रद्द भएको छ ।

अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुनुपर्ने खेल वर्षाले रद्ध भएको हो । यस खेलमा अमेरिकाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपनि खेल हुन सकेन ।


नेपालले यस अघि पहिलो वार्मअप खेलमा क्यानाडासँग ६३ रनको हार बेहोरेको थियो ।

अब नेपालले सिधै विश्वकपका खेल खेल्ने छ । 

विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह 'डी' मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्‌स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x