विश्वकप 'वार्मअप' मा अस्ट्रेलियाविरुद्ध वेस्ट इन्डिजको जित
काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जुन १ देखि २९ तारिखसम्म आयोजना हुने आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअघिको 'वार्मअप' खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियाविरुद्ध जित हात पारेको छ ।
बिहीबार राति पोर्ट अफ स्पेनमा भएको खेलमा घरेलु टोली वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले पराजित गरेको हो ।
जितका लागि २ सय ५८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २२ रनमात्र बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि जोश इंग्लिसले सर्वाधिक ५५ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोशेफ र गुडाकेस मोटीले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५७ रन बनायो ।
वेस्ट इन्डिजका लागि निकोलास पुरनले सर्वाधिक ७५ रन तथा कप्तान रोभम्यान पोवेलले ५२ रनको योगदान गरे ।
अस्ट्रेलियाका लागि एडम जाम्पाले सर्वाधिक २ विकेट लिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया