Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

क्रिकेट विश्वकपः आज राति दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्ने

इकागज |
जेठ २१, २०८१ सोमबार १५:२३ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्ने भएको छ ।

समूह 'डी' मा रहेका श्रीलंका र दक्षिण अफ्रिकाबीचको खेल अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार आज राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


यस समूहमा श्रीलंका र दक्षिण अफ्रिकासँगै बंगलादेश, नेपाल र नेदरल्यान्ड्स पनि रहेका छन् ।


Author

थप समाचार
x