Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

क्रिकेट

क्रिकेट विश्वकपमा नेपाल भोलि नेदरल्यान्ड्सको सामना गर्दै

इकागज |
जेठ २१, २०८१ सोमबार १६:५७ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले भोलि खेल्दैछ ।

समूह 'डी' मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ ।


खेल नेपाली समयअनुसार राति ९:१५ बजेबाट हुने तालिका रहेको छ ।

सन् २०१४ मा पहिलोपटक टी-ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रोपटक विश्वकप खेल्न लागेको हो ।


Author

थप समाचार
x