क्रिकेट

जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गरिने

इकागज |
जेठ २१, २०८१ सोमबार २०:२ बजे

काठमाडौँ- आइसीसीले जारी टी-२० विश्वकपमा ११.२५ मिलियन डलर पुरस्कार रकम वितरण गर्ने घोषणा गरेको छ । यो अहिलेसम्मका आइसीसी प्रतियोगिताकै सर्वाधिक पुरस्कार रकम भएको आइसीसीले जनाएको छ ।

आमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा २० देशले खेलिरहेका छन् ।


यस विश्वकपको विजेताले २.४५ मिलियन डलर पुरस्कार पाउने छ भने उपविजेताले १.२८ मिलियन डलर पाउने भएको छ ।

त्यसैगरी सेमिफाइनलमा पराजित हुने टिमले ७ लाख ८७ हजार ५०० डलर पाउने छन् भने सुपर ८ मा पुगेर बाहिरिएका देशले ३ लाख ८२ हजार ५०० डलर पाउने छन् ।

त्यस्तै नवौंदेखि १२औं स्थानमा रहने देशले २ लाख ४७ हजार ५०० डलर पाउने छन्  भने १३औंदेखि २०औं स्थानमा रहने देशले २ लाख २५ हजार डलर पाउने छन् । त्यस्तै यस विश्वकपमा फाइनलसम्म नै हरेक खेल विजेता देशले हरेक जितको ३१ हजार १५४ डलर पाउने आइसीसीले जनाएको छ ।

यस प्रतियोगितामा कुल ४० खेल हुने छन् । २० देशले भाग लिएको यस विश्वकपमा ५ देशलाई एक समूहमा राखेर चार समूह बनाइएको छ । हरेक समूहमा एक अर्कासँग एक-एक पटक खेलेपछि शीर्ष २ देश सुपर ८ मा पुग्ने छन् ।

विश्वकपको फाइनल खेल जुन २४ मा बार्बाडोसको केंसिंगटन ओभल स्टेडियममा हुने छ ।


Author

थप समाचार
x