क्रिकेट

‘सोमपाललाई पुजारीले टीका नलगाइदिएको’ भन्‍ने विवाद के हो ?

इकागज |
जेठ २२, २०८१ मंगलबार २०:२५ बजे

काठमाडौँ- आइसिसि टी-२० विश्वकपमा नेदरल्याण्डसँग भिड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले अमेरिकाको टेक्सासमा रहेको युलेसस्थित पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारको दर्शन गरेको छ ।

यसैबीच सामाजिक सञ्जालमा 'नेपालका फास्ट बलर सोमपाल कामीलाई जातीय विभेद गरियो, उनलाई किन टीका लगाइएन ?' भन्दै विभिन्न टीकाटिप्पणी गरिएको छ । मन्दिरले ‘कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टीका लगाइदिएनन्’ जस्ता अनेकन टिप्पणी भइरहेका छन् ।


अमेरिकामा रहेका पत्रकार रामचन्द्र भट्टले यसबारे खण्डन गर्दै त्यसखाले कुनै पनि क्रियाकलाप नभएको जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिर भित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पूजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरेर दुवै पुजारीले टीका लगाइदिए ।’

उनले अगाडि भनेका छन्, ‘पछि अरू खेलाडी र प्रशिक्षक पनि मन्दिर पसे । उनीहरू पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टीका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टीका भएकोले पछि साथीहरूसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाइरल बनाइएको र गाली गरिएको भिडियो यही हो । निधारमा त्यही लगाएको टीका भएकोले उनले दोहोर्याउन चाहेनन् ।’

नेपालले आज राति ९ः१५ बजे नेदरल्यान्ड्सविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ । नेपालले १० वर्षपछि टी–२० विश्वकप खेल्न लागेको हो ।

पत्रकार भट्ट लेख्छन्-

सोमपाल सन्दर्भ के हो ?

सामाजिक सन्जाल भनेको भेडाहरूको मात्र बाहुल्यता रहने ठाउँ हो ? पक्कै होइन । तर, ठ्याक्कै २४ घण्टाअघि भएको एउटा सन्दर्भलाई लिएर ‘मन्दिरले कामी भनेर विभेद गर्यो’, ‘पुजारीले दलित भनेर टीका लगाइदिएनन्’ जस्ता अनेकन आरोप, टिप्पणी उठिरहेका रहेछन् ।

यहाँ टेक्ससमा भरखर बिहानको ७ बज्यो । निद्राबाट उठ्दा नेपालबाट कैयौं कलहरू, मेसेजहरू रहेछन् त्यही सन्दर्भलाई लिएर । सबैलाई मेसेज लेखेर र कल गरेर सम्भव भएन । म आफैँ घटना र सन्दर्भसँग प्रत्यक्षदर्शी भएकोले केही वास्तविकता लेख्दैछु ।

१. क्रिकेट खेलाडी सोमपाल सबैभन्दा पहिले हिजो बिहानै मन्दिरभित्र प्रवेश गरे । उनी सरासर भक्तजनले पूजा गर्ने ठाउँमा गए । मन्दिरका पुजारी मेघराज निरौला क्रिकेटप्रेमी भएको र सोमपाललाई चिन्ने कारण महादेवको सानो मूर्तिमा जल अभिषेक गरे । आरती गरे र दुवै पुजारीले टीका लगाइदिए ।

२. पछि अरु खेलाडी र कोंच पनि मन्दिर पसे । उनीहरू पनि आरती, जल चढाए । पुजारीले क्रमैसँग टीका लगाइदिए । प्रसाद दिए । पहिल्यै निधारमा टीका भएकोले पछि साथीहरूसँग जाँदा चाहि सोमपालले हातमा प्रसाद मात्र लिए । भाइरल बनाइएको र गाली गरिएको भिडियो यही हो । निधारमा त्यही लगाएको टीका भएकोले उनले दोहोर्याउन चाहेनन् ।

३. खेलाडीहरू आफैँ खेल जिताई माग्न मन्दिर गएका होइनन् । नेपाली समाज टेक्ससले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गएका हुन् र मन्दिरको दर्शन गरेका हुन् । बिहान ७ बजे स्वागत कार्यक्रम राखिएको थियो ।

४. नत मन्दिर, नत पुजारी कसैले पनि सोमपाललाई विभेद गरेको होइन । वास्तविकता नबुझी कोही पनि भेडा नबनौँ । उनको निधारमा भएको टीका कहाँबाट आयो रु भेडाहरूले दिमाग लगाऊन् ।

अझै चित्त नबुझेमा म त्यही भएको प्रत्यक्षदर्शीलाई सोध्नुस् । एउटा फेसबुक लाइभलाई आधार बनाएर भेडा नबनौँ । नेपाली टिमको सफलताको कामना गरौँ ।

 


Author

थप समाचार
x