टुँडिखेलमा क्रिकेट क्रेज (फोटो फिचर)
काठमाडौँ- टी-२० विश्वकपमा नेदरल्याण्ड्ससँग नेपाल पराजित भएको छ । मंगलबार राति अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०७ रनको लक्ष्य पछाएको नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
नेपालले खेलमा विकेट लिने थुप्रे अवसर गुमाएको थियो । नेदरल्याण्ड्ससँग खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा दुवै ओपनरलाई गुमाइ सकेको थियो ।
नेदरल्याण्ड्सको जितमा म्याक्स ओ डाउडले अविजित ५४ रन बनाएका थिए ।
त्यस्तै नेपाली बलर सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा अल आउट हुँदै १०६ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने गुलशन झाले १४, कारण केसीले १७ रन बनाएका थिए ।
त्यस्तै कुशल भुर्तेलले ७, आसिफ सेखले ४, अनिल शाहले ११, कुशल मल्लले ९, दिपेन्द्र सिंह ऐरीले १ र सोमपाल कामी शून्यमा आउट भएका थिए ।
त्यस्तै नेदरल्याण्ड्सका बलर लोगान भान बीक र टिम प्रिंगलले ३-३ विकेट लिए भने बास डी लीड र पाउल भान मीकेरेनले २-२ विकेट लिएका थिए ।
सोमपाल कामी र कप्तान रोहित पौडेल क्याच लिने अवसरबाट चुकेका थिए ।
अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी रंगशाला नेपाली दर्शकले भरिभराउ थिए । नेपालको हारले नेपाली दर्शकलाई निराश बनायो । ग्रान्ड प्रेरी रंगशालामा मात्रै नेपाल र नेदरल्याण्ड्स खेल नेपालका विभिन्न ठाउँमा देखाइएको थियो ।
काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडिगाउँमा खेल देखाएको थियो । यी तीन वटै ठाउँमा नेपाली समर्थक भरिभराउ थिए । त्यस्तै पोखरा, धनगढीलगायत विभिन्न ठाउँमा पनि सामुहिक खेल हेर्ने व्यवस्था मिलाइएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया