इंग्ल्यान्डसँगको प्रतिस्पर्धात्मक खेल वर्षाले रद्द भएपछि स्कटल्यान्डका कप्तान 'निराश'
काठमाडौँ- आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत वेस्ट इन्डिजमा इंग्ल्यान्डविरुद्धको खेल वर्षाका कारण रद्द भएपछि स्कटल्यान्डका कप्तान रिची बेरिङ्टन निराश बनेका छन् ।
समूह 'बी' अन्तर्गत मंगलबार रातिको खेलमा इंग्ल्यान्डलाई पराजित गर्ने मौका गुमाएकोमा आफू निराश बनेको स्कटल्यान्डका कप्तान बेरिङ्टनले बताएका क्रिकइन्फोले जनाएको हो ।
वर्षाका कारण प्रभावित खेलमा पहिले ब्याटिङ गर्दै स्कटल्यान्डले १० ओभरमा विना विकेटको क्षतिमा ९० रन बनाएपनि डीएल मेथडअनुसार इंग्ल्यान्डले १० ओभरमा १ सय ९ रनको लक्ष्य पाएको थियो ।
तर थप वर्षाका कारण इंग्ल्यान्डले ब्याटिङ गर्न भने पाएन । जसका कारण स्टकल्यान्डका कप्तान निराश बने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया