क्यानाडासँग हारे पाकिस्तान टी-ट्वान्टी विश्वकपबाट बाहिरिने
काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत पाकिस्तानले आज राति क्यानाडाको सामना गर्दैछ ।
समूह 'ए' मा रहेका पाकिस्तान र क्यानाडाबीचको खेल अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुनेछ ।
आज रातिको खेलमा पराजय भोगेको खण्डमा पाकिस्तान प्रतियोगिताको समूह चरणबाटै बाहिरिनेछ ।
जारी प्रतियोगितामा पाकिस्तानले खेलेका दुवै खेलमा पराजय भोगिसकेको छ । तेस्रो पराजय भोगेको खण्डमा पाकिस्तानको सुपर ८ को सम्भावना समाप्त हुनेछ ।
यता पाकिस्तानलाई पराजित गरेको खण्डमा भने क्यानाडाको सुपर ८ को सम्भावना बलियो बन्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया