काठमाडौँ महानगरले सानो गौचरण, हाँडीगाउँ र चावहिल गणेशस्थानमा विश्वकप क्रिकेट प्रत्यक्ष प्रदर्शन गर्ने
काठमाडौँ- आइसीसी टी-२० विश्वकप क्रिकेटका नवौँ संस्करणमा बुधबार बिहान नेपाल र श्रीलंकाबीच हुने खेललाई काठमाडौँ महानगरपालिकाले वडा नं. ५ हाँडीगाउँको सानो गौचरण र वडा नं. ७ चावहिलको गणेशस्थानबाट प्रत्यक्ष प्रदर्शन गर्ने भएको छ । खेलको प्रत्यक्ष प्रदर्शन तयारी गरिएको वडाध्यक्षहरू वीरेन्द्र प्रजापती र विमलकुमार होडाले जानकारी दिए ।
खेल संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ०५ः१५ बजे सुरु हुनेछ ।
क्रिकेट खेलप्रेमी धेरै दर्शकलाई एउटै ठाउँमा सँगै बसेर उत्साहजनक वातावरणमा खेल हेर्न महानगरपालिकाले ठूला एलइडी स्क्रीन राख्दैछ ।
यसअघि भएको खेल टुँडिखेल, हाँडीगाउँ डबली र तीनकुनेबाट प्रदर्शन गरिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया