क्रिकेट

क्यानका पदाधिकारीले अमेरिकामा आर्थिक अनियमितता गरे छानबिन गर्नुपर्छ : भीम आचार्य

इकागज |
जेठ ३०, २०८१ बुधबार १४:२५ बजे

फाइल फाेटाे

काठमाडौँ - नेकपा एमालेका सांसद भीम आचार्यले नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीहरूले अमेरिकामा आर्थिक अनियमितता गरेको भन्दै छानबिन समिति बनाउन माग गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले क्यानका पदाधिकारीले अमेरिकामा अवैध रुपमा सहयोग संकलन गर्ने र उनीहरुको मिलोमतोमा महङ्गोमा नेपालको जर्सीसमेत बिक्रीवितरण भइरहेको गुनासो आएकाले छानबिन समिति बनाउन माग गरेका हुन् । 


उनले विश्वकप खेल्ने नेपाली खेलाडीहरूलाई होटलमा उभ्याएर चन्दा उठाएको आरोप लगाए । खेलाडीले हस्ताक्षर गरेको खेल सामाग्रीहरू पनि मर्यादाहीन ढंगले बिक्रीवितरण गरेको र त्यसको लाभ क्यान पदाधिकारीले लिएको उनको आशंका छ ।

त्यस्तै उनले विश्वकप खेल्नका लागि क्यानको कमजोरीका कारण सन्दीप लामिछाने समयमा नै खेलमा सहभागी हुन नपाएको बताए । नेपाली टिमलाई पराजित गर्नका लागि क्यान पदाधिकारी नै लागेको उनको भनाइ छ ।

 


Author

थप समाचार
x