क्रिकेट

बंगलादेश र नेदरल्यान्ड्समा जसले जितेपनि नेपाललाई घाटा

इकागज |
जेठ ३१, २०८१ बिहीबार १६:३१ बजे

काठमाडौँ- अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आज राति बंगलादेशले नेदरल्यान्ड्सको सामना गर्दैछ ।

समूह 'डी' मा रहेका बंगलादेश र नेदरल्यान्ड्सबीचको खेल वेस्ट इन्डिजमा नेपाली समयअनुसार राति ८:१५ बजेबाट सुरु हुने तालिका रहेको छ ।


आज रातिको खेल बंगलादेश र नेदरल्यान्ड्स दुवैका लागि महत्वपूर्ण छ किनभने जित हात पार्ने टोलीको सुपर ८ मा पुग्ने सम्भावना बलियो बन्नेछ ।

जारी विश्वकपमा बंगलादेश र नेदरल्यान्ड्स दुवैले समान दुई खेलमध्ये एक-एक खेलमा जित हात पारेका छन् । यता लगातार ३ खेल जितेको दक्षिण अफ्रिका भने अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

त्यसैले बाँकी एक स्थानका लागि बंगलादेश, नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । तर नेपालसँग दुई खेलमा जम्मा एक अंक छ ।

नेपालले अघिल्लो चरणमा पुग्नका लागि बंगलादेश र दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्नेछ । साथै बंगलादेश र नेदरल्यान्ड्सले कम्तिमा पनि थप एक-एक खेलमा हार बेहोर्नुपर्नेछ ।

त्यसैले आज रातिको खेलमा जित हात पार्ने टोलीले अर्को खेलमा पराजय भोग्नुपर्नेछ नत्र भने नेपाललाई घाटा हुने निश्चित छ ।


Author

थप समाचार
x