क्रिकेट

टी-२० विश्वकप: आज राति इङ्ल्याण्ड र ओमान खेल्दै

इकागज |
जेठ ३१, २०८१ बिहीबार १८:५३ बजे

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत आज राति समूह बी अन्तर्गत इङ्ल्याण्ड र ओमानबीच खेल हुँदैछ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२:४५ बजेदेखि सुरु हुँदैछ ।

जारी विश्वकपमा इङ्ल्याण्डले राम्रो सुरुवात गर्न सकेको छैन । पहिलो खेल स्कटल्याण्डविरुद्ध वर्षाले रद्द भएपछि एक अंक हासिल गरेको इङ्ल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङ्ल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यसअघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समूह चरणबाटै बाहिरिएको छ ।


इङ्ल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो ।

इङ्ल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठूलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समूह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल वर्षाले रद्द भएपछि ५ अंक हासिल गरेको छ ।

अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङ्ल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङ्ल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।
        


Author

थप समाचार
x