क्रिकेट

टी-२० विश्वकपमा आज दुई खेल

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ६:३६ बजे

काठमाडौँ- जारी टी-२० विश्वकप अन्तर्गत आज दुई खेल हुँदै छन् । आज समुह सी अन्तर्गत अफगानिस्तान र पीएनजीबीच खेल भइरहेको छ ।

ट्रीनिडाडस्थित ब्रायन लारा स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ६:१५ बजेदेखि शुरु भएको छ ।


जारी विश्वकपमा अफगानिस्तानले लगातर दुई खेल जितेर ४ अंकसहित समुह सी मा दोस्रो स्थानमा रहेको छ । अफगानिस्तानले यो खेल जितेमा सुपर आठमा पुग्ने छ । त्यस्तै पिएनजीले भने लगातार दुई खेलमा हार बेहोरेको छ ।

समुह सी मा वेस्ट इन्डिजले लगातार तीन खेलमा जित हासिल गरेर सुपर आठमा पुगिसकेको छ । त्यस्तै युगान्डाले ३ खेलमा एक खेल जितेको छ भने न्यूजील्याण्डले २ खेलमा लागातर हार बेहोरेको छ ।

त्यस्तै आज दोस्रो खेल अमेरिका र आयरल्याण्डबीच हुदै छ । फ्लोरिडामा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि हुँदै छ ।

समुह ए अन्तर्गत अमेरिकाले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक बटुलेको छ र दोस्रो स्थानमा रहेको छ । अमेरिकाले यो खेल जितेमा सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्ने छ । त्यस्तै आयरल्याण्डले भने यस अघि लगातार दुई खेलमा हार बेहोरेको छ ।


Author

थप समाचार
x