क्रिकेट

श्रीलंका टी-२० विश्वकपबाट बाहिरियो

इकागज |
जेठ ३२, २०८१ शुक्रबार ७:७ बजे

काठमाडौँ- श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराति भएको समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्ड्‌सलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो ।

यस खेलमा बंगलादेशले नेदरल्याण्ड्‌सलाई २५ रनले पराजित गरेको थियो ।


बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्‌याएको नेदरल्याण्ड्‌स २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

यो खेलपछि समुह डी मा बंगलादेश ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्ड्‌सको ३ खेलमा एक जित र २ हारसहित २ अंक भएको छ र तेस्रो स्थानमा छ । यसै समुहमा रहेको नेपालको २ खेलमा एक अंक रहेको छ ।

त्यस्तै श्रीलंकाले ३ खेलमा २ हार र नेपालविरुद्धको खेल वर्षाले रद्द हुँदा एक अंक हासिल गरेको छ । योसँगै श्रीलंकाको विश्वकप यात्रा समुह चरणबाटै सकिएको छ ।

यस समुहबाट दक्षिण अफ्रिकाले लगातार तीन खेलमा जित हासिल गर्दै सुपर आठमा पुगिसकेको छ । अब सुपर आठको दौडमा बंगलादेश नेदरल्याण्ड्‌स र नेपाल रहेका छन् ।

अब दक्षिण अफ्रिका र नेपालबीच शनिबार बिहान खेल हुने छ भने जुन १७ मा नेपाल र बंगलादेशबीच खेल हुँदै छ । त्यस्तै जुन १७ मै नेदरल्याण्ड्‌स र श्रीलंका खेल्ने छन् ।


Author

थप समाचार
x