क्रिकेट

नामिबियामाथि इङ्‌ल्याण्डको फराकिलो जित

इकागज |
असार २, २०८१ आइतबार ८:४७ बजे

काठमाडौँ- इङ्‌ल्याण्डले जारी टी-२० विश्वकप अन्तर्गत नामिबियालाई ४१ रनले पराजित गरेको छ ।

गएराति भएको खेलमा इङ्‌ल्याण्डले नामिबियालाई डक वर्थ लुइस नियम अनुसार ४१ रनले पराजित गरेको हो । 


वर्षाले प्रभावित भएको खेल १०-१० ओभर खेलाइएको थियो । इङ्‌ल्याण्डले दिएको १२६ रनको लक्ष्य पछाएको नामिबियाले १० ओभरमा ३ विकेट गुमाउँदै ८४ रन बनाएको थियो ।

यसअघि इङ्‌ल्याण्डले पहिला ब्याटिङमा १० ओभरमा ५ विकेट गुमाएर १२२ रन बनाएको थियो । वर्षाले खेल अवरुद्ध भएपछि डक वर्थ लुइस नियमअनुसार नामिबियाले १० ओभरमा १२६ रनको लक्ष्य पाएको थियो ।

यो जितपछि इङ्‌ल्याण्डको ४ खेलमा ५ अंक भएको छ र समुह बी मा दोस्रो स्थानमा उक्लिएको छ ।

अब इङ्‌ल्याण्डको सुपर आठको यात्रा अस्ट्रेलिया र स्कटल्याण्डबीचको खेलको नतिजाले तय गर्ने छ । अस्ट्रेलियाले यो खेल जितेमा इङ्‌ल्याण्ड सुपर आठमा जाने छ भने स्कटल्याण्डले जितेमा इङ्‌ल्याण्ड बाहिरिने छ । त्यस्तै नामिबिया भने विश्वकपबाट बाहिरिएको छ ।


Author

थप समाचार
x